चलचित्र समाज रुपान्तरणको शक्तिशालि हतियार हो : मन्त्री तामाङ | Khabarhub Khabarhub

चलचित्र समाज रुपान्तरणको शक्तिशालि हतियार हो : मन्त्री तामाङ


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले चलचित्र समाज रुपान्तरणको शक्तिशालि हतियार भएको बताएका छन् ।

काठमाडौंमा जारी सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले चलचित्र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।

वलिदान, आगोजस्ता चलचित्रले नेपाली समाजको एउटा वर्गको कथालाई पर्दामा उतारी समाज हिँडिरहेको बाटो गलत छ भनेर सिंगो व्यवस्थाविरुद्ध लाग्न प्रेरित पनि गरेको बताए ।

पछिल्लो अवस्थामा रुपान्तरणको एउटा पाटो दश वर्षे जनयुद्ध र यससँग सम्बन्धित विषयका चलचित्रहरु निर्माण भइरहेकाछन् र राम्रो स्थान पाइरहेका उनले बताए।

‘युद्धको सौन्दर्य र यसका अवयवहरुलाई खोतल्दै जनपक्षिय चलचित्र निर्माणमा लाग्नु पर्ने आजको आवश्यकता पनि हो भन्ने मलाई लाग्छ’ उनले भने । मेरो मन्त्रालय मातहाबाट यसको प्रवद्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति आफू सकारात्मक रहेको बताउँदै तामाङले ठोस योजना सहित सहकार्य गर्ने प्रतिवद्धा व्यक्त गरे । तामाङले निफले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

महोत्सवमा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ’वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ’लभ लाइट’ले ’माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ । त्यस्तै, ’आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमति अवार्ड जितेको छ ।

‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड जित्यो ।९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागि बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ’लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ’एट एनोदर विन्टर’ले जितेको छ भने ’ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् ।

नेपाली फिचर फिल्म ’बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्षमण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ’अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्यो । त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ’पखेटा’ले जित्यो ।

राजेश श्रेष्ठ र संकल्प भुजेलले ’एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले ’एक भागवत एक गीता’बाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ’डेसान’ले अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्तले ’बुलाकी’बाट अवार्ड उचालिन् ।

विश्वका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव भन्ने नाराको साथ केपी पाठकको अध्यक्षतामा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ३५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको