नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण | Khabarhub Khabarhub

नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठीक एक महिनापछि पछिल्लो अपहरण भएको हो ।

अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो । अपहरणमा महिला तथा बालबालिका परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार गाउँहरूको नियमित लुटपाट र फिरौतीका लागि ठूलो मात्रामा अपहरण गर्ने डाकाहरूले उत्तरपश्चिम र उत्तर–मध्य नाइजेरियालाई अशान्त बनाएका छन् । यसबाट करिब १० लाख मानिस विस्थापित भएका छन् ।

दैनिक जस्तो हुने आक्रमणलाई रोक्न अधिकारीहरू असमर्थ देखिएकाले राष्ट्रपति बोला अहमद टिनुबमाथि व्यापक दबाब परेको छ । कदुना प्रहरी प्रवक्ता मन्सुर हसनले कजुरु घटना आइतबार राति भएको बताए । उनले अपहृत गाउँलेहरूलाई उद्धार गर्ने प्रयासमा सुरक्षा बललाई परिचालन गरिएको जानकारी दिए ।

सेनाको पोसाक लगाएका सशस्त्र हमलाकारीहरूले केही दूरीमा आफ्ना मोटरसाइकलहरू पार्क गरेर गाउँमा प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाउँका प्रमुख तान्को सरकिनले ८७ जनालाई जबर्जस्ती बन्दी बनाइएको पुष्टि गरे ।

अर्का बासिन्दा अरुवा याउले पक्राउ परेको र पछि आफ्नो कमजोर स्वास्थ्यका कारण रिहा गरेको दर्दनाक अनुभव सुनाए । उनले स्थानीय सरकारी क्लिनिकमा उपचारको माग गरे । अल जजिराका अनुसार श्रीमती र दुई छोरी रहेका हारुना अतिकुले डाकाहरूले अचानक गरेको आक्रमणको वर्णन गर्दै उनीहरूले खुलेआम हिंसा गरेको बताए ।

अधिकारीहरूका अनुसार उक्त घटनाको केही दिनअघि मात्र १० किलोमिटर टाढा डोगोन नोमा क्षेत्रमा १६ व्यक्तिको अपहरण गरिएको थियो । मार्च ७ मा कजुरुदेखि करिब एक सय ५० किलोमिट टाढा कुरिगा गाउँको एक विद्यालयबाट दुई सय ५० भन्दा धरै विद्यार्थीको ठूलो मात्रामा अपहरणपछि उक्त अपहरण भएको हो ।

सुरुमा बोको हरामसँग सम्बन्धित विद्यालय अपहरण ठूलो फिरौतीको माग गर्ने आपराधिक गिरोहहरूको मनपर्ने रणनीति बनेको छ । अपहरणकर्ताहरूलाई फिरौती दिन रोक लगाउने सन् २०२२ को कानूनका बावजुद कुराकानीले प्राय बन्धकहरू रिहा हुने गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ५९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस