घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला « Khabarhub

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन । पाँच वर्ष यहाँ घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले उनलाई आत्मनिर्भर बनाएको छ ।

पाँच वर्षअघि कावासोती–१० मा चिलाहा रतवल सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महतोजस्तै यहाँका महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ । ‘पहिले केही खेतीपातीबाट आम्दानी हुन्थ्यो, त्यसैको भर थियो, अहिले घरबास सञ्चालनपछि पाहुनाको स्वागत गर्यो, आम्दानी पनि भएकै छ’, घरबास सञ्चालक रेशमकुमारी महतोले भनिन्।  घरबासमा आउने पाहुनालाई थारू संस्कृति प्रस्तुत गर्ने, थारू समुदायका परिकार खुवाउने र त्यसैबाट आम्दानी हुने गरेको उनले बताइन्।

घरबास सञ्चालनले आम्दानीसँगै महिलाको क्षमता विकासमा सहयोग पुगेको छ । खेतीपाती, पशुपालनमा रमाउने महिला अहिले पाहुनाको स्वागतमा व्यस्त हुन्छन् । ‘पहिले खासै अरुसँग राम्रोसँग बोल्न पनि लाज लाग्थ्यो, तर अहिले नबोली व्यवसाय चल्दैन, घरबासले बोल्न पनि सिकायो’, रेशमकुमारीले भनिन्।

बालकुमारी र रेशमकुमारी जस्तै घरबास  सञ्चालन गर्ने अन्य महिलामा समेत यो परिवर्तन आएको छ । घरबास सञ्चालन भएपछि यहाँका महिलाको क्षमता विकासमा मात्रै होइन आत्मनिर्भर बन्न र गाउँकै विकास गर्न टेवा पुर्याएको छ ।

थारू समुदायको बाहुल्य रहेको चिलाहा गाउँ, सदरमुकाम कावासोतीमै पर्ने भएपनि पिछडिएको थियो । निम्न आयश्रोत र मध्यवर्ती नजिकै पर्ने हुँदा जंगली जनवारले दुख दिने अन्नबाली लगायो । गैंडा मयुर बँदेलले खाइदिने, पशुपक्षी अजिंगर, स्याल लगायतका जनवारले खाइदिने ।

 जसका कारण पनि यहाँका समुदायको जीवन स्तर माथि उठ्न सकेको थिएन । तर घरबास सञ्चालन पछि अहिले गाउँको मुहार फेरिएको र समुदायको जीवन स्तर पनि माथि उठेको रेशम कुमारी महतोले बताइन्। 

घरबास सञ्चालनको सबैजसो जिम्मा महिलाकै हातमा छ । पाहुनाको स्वागत, खानपानदेखि सांस्कृतिक प्रस्तुतिलगायत काम महिलाहरू मिलेर गर्छन् । पुरुषले पनि उनीहरूलाई सघाउँछन् । घरबासमा  अहिलेसम्म आन्तरिक र बाह्य गरी ११ हजार हाराहारी पर्यटकको आगमन भएको घरबासका व्यवस्थापक प्रेमबहादुर मुखियाले बताए ।

यहाँ आउने पाहुनाले घरकै स्वाद र घरमै बसेजस्तो अनुभव गर्न पाउँछन् । अर्कातर्फ गाउँबस्तीमा पसेर दुःख दिने जङ्गली जनावर देखाएरसमेत आम्दानी गरेका छन् । यहाँ पर्यटकको अर्को आकर्षण भनेको जिप सफारी हो ।

 मध्यवर्ती क्षेत्रमा गैँडा, मृग, हरिण, बँदेल, मयुर, नारायणी नदीमा गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी सफारीमा देख्न पाइन्छ । प्रकृति र संस्कृतिको संरक्षण गर्दै समुदायको विकास र जीवनस्तर उकास्ने  घरबास सहयोगी भएको कावासोती–१० का वडाध्यक्ष टेकनारायण महतोले बताए।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ४९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२