इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो | Khabarhub Khabarhub

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौंविश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन शुक्रबार विश्वबजारमा कच्चा तेलको मूल्य तीन प्रतिशत बढेको छ । यससँगै बजारमा तेलको अभाव खड्किन सक्ने चिन्ता प्रकट हुन थालेको छ । 

शुक्रबार एसियामा कच्चा तेलको मूल्य ३ प्रतिशतले बढेको बीबीसीले जनाएको छ । यो वृद्धिसँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल झण्डै ९० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायल-इरान तनावसँगै मध्यपूर्वको तेल आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता छाएको छ । 

तेलजस्तै सुनको मूल्यले पनि नयाँ कीर्तिमान छोएर प्रति औंस २४ सय डलर पुगेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

इरानको ड्रोन र मिसाइल आक्रमणपछि इजरायलले इरानमाथि शुक्रबार मिसाइल प्रहार गरेको छ । यो सँगै  लगानीकर्ताहरू त्रसित बनेका छन् ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १० : ५९ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी