दाङमा आगलागीबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

दाङमा आगलागीबाट एक जनाको मृत्यु


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ ।

गए राति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए । त्यही बेला आगोले जलेर मृत्यु भएको  प्रहरीको भनाइ छ । आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रमा लिइएको जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : ०९ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ