दाङमा आगलागीबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

दाङमा आगलागीबाट एक जनाको मृत्यु


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ ।

गए राति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए । त्यही बेला आगोले जलेर मृत्यु भएको  प्रहरीको भनाइ छ । आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रमा लिइएको जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : ०९ बजे

दाजुको हत्या गरी फरार युवक पक्राउ

सिराहा– पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई

थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ

एक बिघामा १५ लाखको केरा उत्पादन

टीकापुर– कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर

सर्पको टोकाइबाट एक जनाको मृत्यु

घोराही– दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । 

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं- एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल