निलम्बित सचिव मरासिनीले सफाइ पाए, पौडेल दोषी | Khabarhub Khabarhub

निलम्बित सचिव मरासिनीले सफाइ पाए, पौडेल दोषी


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

मधु मरासिनी

काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई विशेष अदालतले सफाइ दिएको छ । अदालतले सफाइ दिएपछि अब मरासिनीको पुनर्बहालीको बाटो खुलेको छ ।

नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासिनीसहित ९ जनाविरुद्ध गत असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मरासिनीलाई सफाइ दिएको हो । प्रतिवादी बनाइएका ९ जना मध्ये ८ जनाले सफाइ पाएका छन् भने प्रतिवादी सुनील पौडेललाई भने सजायँ ठहर भएको छ ।

दोषी ठहर भएका प्रतिवादी पौडेलको हकमा कसुर सजायँ निर्धारणका लागि पेश गर्न अदालतले आदेश दिएको छ ।

अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायलाई प्रतिवादी बनाएको थियो ।

सुनील पौडेल

त्यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकलाई पनि प्रतिवादी बनाएको थियो ।

अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख रही तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका मरासिनीलाई पनि अख्तियारले विपक्षी बनाएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ०७ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक