काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु | Khabarhub Khabarhub

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरुवात गरेको छ ।

राज्यको सेवा प्रवाहको पहुँचमा नपुगेका, उपेक्षित समुदायसँग प्रहरीले अन्तर संवाद गर्ने, आपसी विश्वास बलियो बनाई उनीहरुबाट भइरहेका वा हुनसक्ने गैह्रकानुनी तथा आपराधिक घटनामा कमी ल्याउने उद्देश्यले उक्त संवाद आयोजना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, “आफ्नो, पेसा, व्यवसायमा व्यस्त हुने, जो प्रहरी कार्यालयसम्म आफ्ना गुनासाहरु लिएर आउन सक्नु हुन्न उहाँहरुलाई लक्षित गरी यो संवाद आयोजना गरिएको हो, नागरिकलाई परेका समस्यामा हामी समाधानका लागि अग्रसर हुने छौँ ।”

प्रहरी परिसर काठमाडौँको क्षेत्रभित्र लक्षित समूहलाई पायक पर्ने स्थानमा छ चरणमा संवाद गरिने प्रमुख खत्रीले बताए । आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा भएको सडक संवादमा उपस्थित लक्षित वर्गका सहभागीले आफ्ना समस्या खुलेर राखेका थिए ।

कतिपयले आफूहरुमाथि कुटपिट हुने, लुटपाटका घटना हुने र प्रहरीलाई खबर गर्दा पनि पक्राउ नपरेको दुखेसो सुनाएका थिए ।

नेपालको संविधानले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा राज्यको पहुँच बाहिरका समुदायलाई विशेष प्राथमिकतामा राखी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुसारका लक्षित वर्गलाइ केन्द्रित गरी रोडसाइड रोलकल सडक संवाद सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनले भने, “उहाँहरुको गुनासो, पीरमर्का र समस्याको सुनुवाइ गर्दै सामाजिकीरणको मूल प्रवाहमा ल्याउन जरुरी छ ।”

कार्यक्रमका सहभागीले उठाएका प्रश्नको जवाफ दिनुहँदै जिल्ला प्रहरी परिसर प्रमुख खत्रीले राज्यले प्रदान गरेको अभिभारा पूरा गर्न नेपाल प्रहरी सङ्गठनले व्यावसायिक निष्ठाका साथ अधिकतम प्रयास गर्दै आएको बताए ।

प्रहरीले अपेक्षित सफलता प्राप्त गर्दै आइरहेको समेत उनको भनाइ थियो । उनले भने, “समुदायका सदस्यहरुबाट सामाजिक सचेतना एवं कानुनी ज्ञानको अभावमा जानरअन्जान बाट हुन सक्ने आपराधिक कार्यलाई घटाउन सके समग्र काठमाडौँ जिल्लाको शान्ति सु(व्यवस्था सुदृढ हुने देखिन्छ ।”

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : १९ बजे

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।