अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण थुप्रै वेपत्ता छन् भने हजारौँ मानिस विस्थापत भएका छन् । संयुक्त राष्ट्र संघका निकायहरूले पछिल्लो बाढीमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाएका छन् ।

बाढीमा परि हजारौँ गाईवस्तु मारेको, करिब २ हजार घर ध्वस्त भएको र धेरैलाई क्षति पु¥याएको बीबीसले जनाएको छ ।

प्रान्तीय राजधानी फिरोजकोहमा करिब २,००० पसलहरू पानीमुनि रहेको र त्यहाँ जाने अधिकांश सडकहरू क्षतिग्रस्त भएको बताइएको छ ।

प्रान्तको प्रकोप व्यवस्थापन विभागले ‘आपतकालीन अवस्था’को घोषणा गर्दै आश्रय, खाना र पानीका लागि अपील गरेको छ।

प्रान्तीय गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले दर्जनौं व्यक्ति बेपत्ता भएको बताएका छन्।

यो साता उत्तरी र मध्य क्षेत्रहरूमा व्यापक वर्षा भइरहेको छ । अघिल्लो हप्ता मात्रै अफ्गानिस्तानमा बाढीमा परि तीन सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

लगातारको बाढीले खेतीयोग्य जमिन बाक्लो हिलोले ढाकिएको छ । ४ करोड जनसंख्या रहेको अफगानिस्तानमा ८० प्रतिशत मानिस कृषिमा निर्भर रहेका छन् ।

अफगानिस्तानको मौसम विभागले देशका सबै प्रान्तहरूमा थप वर्षा र सम्भावित बाढीको चेतावनी दिएको छ। अफगानिस्तानमा गत वर्ष लामो खडेरी परेपछि भारी वर्षा भएको हो ।

 

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : ४० बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा