नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित « Khabarhub

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन् ।

शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा छवि कँडेल, प्रथम उपाध्यक्ष (वाणिज्य)मा एकदेव रिमाल, द्वितीय उपाध्यक्ष (उद्योग)मा सुरेन्द्र तिवारी, महासचिवमा तेजनारायण पाण्डे, कोषाध्यक्षमा माधवप्रसाद सापकोटा, सचिवमा विष्णुप्रसाद पङ्गेनी र वरिष्ठ सदस्यमा शालिकराम सापकोटा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा गोपालप्रसाद सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शालिग्राम सापकोटा, परमेश आचार्य, किशोरकुमार लम्साल, सिर्जना पौडेल, कविराज आचार्य, कमल शर्मा गौतम, गोकुल सापकोटा, विनोदकुमार श्रेष्ठ, घनश्याम पराजुली, अमित अग्रवाल, दीपकप्रसाद भट्टराई, राकेशकुमार हरलालका, मीना दाहाल, शेषकान्त कोइराला, प्रकाश सापकोटा, समीर श्रेष्ठ, मेघराज कँडेल र कृष्ण न्यौपाने निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटनमा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीसहित उद्योगी व्यवसायीको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : ४७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित