संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी | Khabarhub Khabarhub

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलको हिजो बालुवाटारामा बसेको बैठकले सहकारी ठगी प्रकरणमा छानबिनका लागि समिति गठन गर्ने सहमति भए लगत्तै कार्यदल बनाइएको थियो ।

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

शनिबारको बैठकमा दलहरुबीच छानबिन समिति गठन गर्ने सहमति भए पनि सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा केही खुलाइएको छैन ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएकाले नाम किटेरै समिति गठन गर्नुपर्ने माग राख्दै पटक पटक संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १० : १८ बजे

राप्रपाले नेताहरूलाई तोक्यो विभिन्न विभागको जिम्मेवारी

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई विभिन्न विभागको जिम्मेवारी दिएका

कांग्रेस सांसदको प्रस्ताव – नयाँ संसद्‍ भवन परिसरमा मदिराको बार खोलौँ

काठमाडौं – विभिन्न अभिव्यक्तिका कारण विवादमा आइरहने नेपाली कांग्रेसका सांसद

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा पुनः आचार्य नियुक्त 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले डा.तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा

शेखरको आग्रह : कांग्रेस कमजोर भइसक्यो, छाडेर गएकाहरू घर फर्किनुस्

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण