बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै « Khabarhub

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा पराजय नभोगी लिग जितेको छ ।

इतिहास रच्ने क्रममा उसले पूरै सिजन अपराजित रहेर कीर्तिमान बनाएको हो । उसले यसक्रममा लिगमा मात्रै ८९ गोल गरेको छ ।

युरोपका चर्चित शीर्ष ५ लिगमध्ये बायर अपराजित रहँदै लिग जित्ने दोस्रो टोली हो । यसअघि इटालियन सिरि ए क्लब युभेन्ट्सले सन् २०११/१२ को सिजनमा अपराजित रहेर लिगत जितेको थियो ।

गएराति भएको सिजनको अन्तिम खेलमा उसले भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचको गोलमा अग्सबर्गलाई २–१ ले हरायो । जाभी अलन्सो प्रेरित बायरले यसअघि नै लिग जितिसकेको थियो ।

लेभरकुजनले बुन्डेस लिगातर्फका ३४ खेलमध्ये २८ मा जित निकाल्यो। केबल ६ वटामा बराबरी गर्‍यो । उसले लिग जित्दा समग्रमा ९० अंक बनायो ।

बायरले लगातार ११ वर्षदेखिको बायर्न म्युनिखको दबदबा पनि तोडेको छ । एक दशकदेखि एकपक्षीय रहँदै आएको बुन्डेस लिगालाई बायर्नको यो जितले प्रतिस्पर्धात्मक बाटोतर्फ लगेको छ ।

लेभरकुजनले लिगका ३४ खेलमा मात्रै होइन, सिजनका समग्र कुनै प्रतियोगितामा अहिलेसम्म हारेको छैन । उसले जारी सिजनमा सबै प्रतियोगिताको अपराजित यात्रालाई पनि ५१ पुर्‍याएको छ ।

दुई फाइनल खेल्न बाँकी

५१ खेलसम्म अपराजित बायर्नले अझै दुईवटा उपाधि जित्ने सम्भावना छ । यदि ती उपाधि जितेमा उसले एकै सिजन ट्रिबल उपाधिको कीर्तिमान पनि राख्नेछ ।

बायरले अब च्याम्पियन्स लिगपछिको प्रतिष्ठित युरोपा लिगको फाइनल भिडन्त खेल्नै बाँकी छ । उसले युरोपा लिगको सेमिफाइनलमा इटालियन क्लब रोमालाई हराएको थियो ।

अब उसले उपाधि भिडन्त पनि इटालियन क्लब एटान्टासँगै यही मे २३ मा गर्दैछ । बायरले आगामी मे २५ तारिखमा डीएफबी पोकलको फाइलन पनि खेल्ने छ । बायरले डीएफबी पोकलको उपाधिका लागि एफसी केसँग प्रतिस्पर्धा गर्नेछ । यदि यी दुई उपाधि पनि चुमेमा बायरले एकै सिजन ट्रिबलको कीर्तिमान पनि बनाउने छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १ : ०९ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख