नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु | Khabarhub Khabarhub

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ ।

कुकुरले टोकेर हुने रेबीजको जोखिमका साथै कुकुरको बढ्दो सङ्ख्या घटाउन उपमहानगरले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको हो ।

उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार शुक्रबारदेखि सुरु भएको बन्ध्याकरण शिविरबाट हालसम्म ९७ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । ‘सामुदायिक कुकुरको सङ्ख्याका साथै रेबीज न्यूनीकरणका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भनिन् । नेपालगञ्जमा रहेका २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन् ।

पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताए । रेबीजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने बताए । नेपालगञ्जमा हुने विद्युत् अनियमितताले बन्ध्याकरणमा समस्या भइरहेको उनको भनाइ छ ।

‘डग क्याचर’ मार्फत कुकुरलाई समातेर बन्ध्याकरण गरिएको छ । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाइने पशु विज्ञको भनाइ छ । बन्ध्याकरण कार्यक्रमका लागि रु छ लाख बढी खर्च हुने बताइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  २ : ३६ बजे

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज

शरीरमा मुसा किन आउँछ ?

मानिसको शरीरमा आउने मुसालाई लिएर धेरै प्रकारका धारणा सुन्न पाइन्छ।

सुशासनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

प्रतिनिधिसभामा आज तीन मन्त्रालयका बजेट शीर्षकमा छलफल हुँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज यी प्रदेशमा हुनेछ चट्याङसहितको वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल