कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो « Khabarhub

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न गठित कार्यदलको बैठकले आइतबार अपरान्हसम्म सहमति जुटाउन असफल भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा कुरा अड्किएपछि सहमति जुटन नसकेको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संजोजकत्वमा गठित कार्यदलमा संसदीय समितिको टीओआरमारे गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्नेबारे सहमति नभएको हो ।

कार्यदलका सदस्य समेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस व्यक्तिकेन्द्रित भएकाले समस्या भएको बताएका छन् ।

‘नेपाली कांग्रेसले लामो समयदेखि संसद्‍भित्र सहकारीबारे छानबिन गर्न समिति माग गरेको थियो । सरकारले समिति बनाउने निर्णय गरिसकेको छ’, उनले भने, ‘कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षले नामै किटेर अनुसन्धान र छानबिन गर्नुपर्छ भन्यो । पहिले नै किटानी गरेर जानुपर्छ भन्ने प्रमुख प्रतिपक्षीको कुरामा सहमति बन्न सक्दैन । संसदीय समितिले एउटा व्यक्तिमाथि केन्द्रित हुनु हुँदैन भनेर हामीले स्पष्ट पारिसकेका छौँ ।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेस एकजना व्यक्तिका नाममा केन्द्रित भएर समस्या अड्काउने दाउमा रहेको बताए ।

‘कांग्रेस सहमति चाहँदैन । सकेसम्म यो प्रकरणमा ऊ हलो अड्काएर गोरु कुट्ने दाउमा छ’, उनले भने, ‘हामी समस्यामा केन्द्रित हुन भनिरहेका छौँ । तर संसदीय समितिलाई कांग्रेसले रविकेन्द्रित बनाउन खोजिरहेको छ । कुरो नमिलेको यसमै हो।’

बर्तौलाका अनुसार सहकारीमा जहाँ जहाँ ठगी भएको छ, बदमासी भएको छ, त्यहाँ त्यहाँ अनुसन्धान गर्न कुनै समस्या छैन।

‘हामीले सहकारी कानुनभन्दा बाहिर गएर काम गरेका कुरामा छानबिन गरौँ भनेका थियौँ । यसमा उहाँहरूको भनाइ रवि लामिछानेकेन्द्रित छ’, उनले भने, ‘हामीले सहकारीका समस्या आएका सबै ठाउँमा छानबिन गरौँ भनेका छौँ । विषय यहाँनिर अड्किएको छ ।’

तर बर्तौलाले अब कुरो टुंगिने बताए । ‘आज हाउस अगाडि बढ्छ । गृहमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षले अवरोध गर्दैनन्’, उनले भने, ‘भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । अब सहमति हुन्छ ।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेस एकजना व्यक्तिका नाममा केन्द्रित भएर समस्या अड्काउने दाउमा रहेको बताए ।

‘कांग्रेस सहमति चाहँदैन । सकेसम्म यो प्रकरणमा ऊ हलो अड्काएर गोरु कुट्ने दाउमा छ’, उनले भने, ‘हामी समस्यामा केन्द्रित हुन भनिरहेका छौँ । तर संसदीय समितिलाई कांग्रेसले रविकेन्द्रित बनाउन खोजिरहेको छ । कुरो नमिलेको यसमै हो।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : ०५ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ