कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्   « Khabarhub

कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्  


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन  कृषक वर्गमा अनुरोध गरेको छ ।

धान रोप्नका लागि सुरुको चरणमा डिएपी मल बढी आवश्यक पर्छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया ५२ हजार १८, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा २६ हजार ५० मेट्रिक टन गरी ७८ हजार १७९ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

यसैगरी डिएपी मल कृषि सामग्री कम्पनीमा पाँच हजार चार सय ३४ र साल्ट ट्रेडिङ कम्पनीमा चार हजार ९२ मेट्रिक टन गरी नौ हजार पाँच सय २७ मेट्रिक टन गत वर्षकै मौज्दात रहेको छ ।

यसै गरी पोटास मल कृषि सामग्रीमा आठ हजार छ सय ९६ र साल्ट ट्रेडिङ कम्पनीमा तीन हजार एक सय छ मेट्रिक टन गरी ११ हजार आठ सय तीन मेट्रिक टन मौज्दात रहेको छ । कृषि सामग्री र साल्ट ट्रेडिङले दुई लाख ४२ हजार एक सय १९ मेट्रिक टन युरिया मल आयात गर्दै छन् । यसै गरी दुवै कम्पनीले ९७ हजार आठ सय ६५ मेट्रिक टन डिएपी मल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कृषि सामग्रीले १२ हजार नौ सय ५८ मेट्रिक टन र साल्ट ट्रेडिङले सात हजार छ सय ४६ मेट्रिक टन पोटास मल गरी कूल २० हजार  छ सय चार मेट्रिक टन मल आयात गर्दै छन् । यो मल यसै हप्तादेखि असार दोस्रो सातासम्म नेपाल आइसक्ने मन्त्रालयका सूचना अधिकारी जोशीले बताए ।

पहिले आएको मल अघि रोपाइँ हुने जिल्ला र पछि आएको मलपछि रोपाइँ हुने जिल्लामा पठाउने गरी मन्त्रालयले व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले बताए ।

यसवर्ष आवश्यक मात्रामा पानी पर्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यसैले समयमै रोपाइँको तयारी गर्न मन्त्रालयले कृषकलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ५५ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी