साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा « Khabarhub

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा आधारित भई फिल्म बन्ने भएको छ । साइग्रेसले काठमाडौंमा शनिबार एक कार्यक्रममा चलचित्र निर्माण घोषणा गरेका हुन्।

फिल्म घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । शीर्षक पनि अडियो नोभेलको नाम ‘अधुरो प्रेम’ नै राखिएको छ।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअघि सार्वजनिक गरेको यस उपन्यासको अडियो १ घण्टा ४६ मिनेट लामो छ । यसले ६२ लाख भन्दा बढी भ्यूज पाएको छ।

चलचित्रलाई शिशिर खातीले निर्देशन गर्नेछन् । उनको यो डेब्यू निर्देशन हो । यो फिल्म ‘रंगेली’निर्माण गरेको कम्पनी ‘प्लानेट थ्री फिल्म्स’ले बनाउन लागेको हो । यसको कार्यकारी निर्माता रंगेलीकै निर्देशक अर्जुन सुवेदी हुन् ।

साइग्रेसले जीवनको एक कालमा भएको प्रेमबारे यो उपन्यास तयार पारेको जानकारी दिए । फिल्म वि.सं. २०८२ सालमा प्रदर्शनमा आउने बताइएको छ । कलाकार र अन्य टिम भने टुङ्गो लागिसकेको छैन ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : २७ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका