संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस « Khabarhub

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर आफूमाथि लगाएका आरोपबारे दिएको जवाफबारे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ ।

उपप्रधानमन्त्री लामिछानेले संसद्‍मा स्पष्टीकरण दिने क्रममा नेपाली कांग्रेस र खासगरी महामन्त्री गगनकुमार थापामाथि कयौँ आरोप लगाएका छन् ।

उनले सञ्चारमाध्यममा आएजति सबै काण्डको छानबिन गर्ने हो भने महामन्त्री थापासहित कांग्रेसका अधिकांश नेता कोही चोखो नबच्ने उल्लेख गरेका थिए ।

रविले सम्बोधन गरेपछि सभामुख देवराज घिमिरले आइतबारको बैठकमा राखिएका कार्यसूचीका सबै विषय हटाएका थिए ।

ती सबै कार्यसूची हटाउँदै घिमिरेले सोमबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिसकेका छन् ।

लामिछानेले पार्टी र नेताहरूमाथि कयौँ आरोप लगाएपछि महामन्त्री गगन थापाले पार्टीको तर्फबाट अहिले साँझ पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछाने बोलेसँगै उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

अहिले साढे ७ बजे संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन हुन लागेको उनको सचिवालयले जनाएको छ ।

आइतबारको बैठकको सबैभन्दा पहिले कांग्रेस सांसद रामहरि खतिवडाले बोल्ने प्रस्ताव गएको थियो ।

त्यसपछि उपप्रधानमन्त्री लामिछानेले बोल्ने र अन्तिममा कांग्रेस महामन्त्री गगन थापाले सम्बोधन गर्ने गरी प्रस्ताव गएको थियो । तर लामिछानेले लगाएका आरोपको जवाफ दिन नपाएपछि कांग्रेसले अलग्गै पत्रकार सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : २६ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक