जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल « Khabarhub

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएक छन् ।

पेसागत महासङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन विस्तार अभियान नै भएको बताए ।

जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न पार्टीले आवश्यक राजनीतिक पहलकदमी लिने जनाउँदै उनले भने, “पार्टी सरकारमा सहभागी छ, मन्त्रीहरुबाट परिणाममुखी काम होऊन्, सरकारले राम्रो काम गरोस् ।”

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज भेट भएको जानकारी दिँदै आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सरकारले मुलुकमा सामाजिक–आर्थिक रुपान्तरणका लागि नीति तथा कार्यक्रमलाई प्राथमिकता राखेको बताए ।

उनले देशमा सुशासन कायम गरी विकास तथा समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा महासङ्घका विभिन्न प्रकाशन विमोचन गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ९ : ५३ बजे

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले

नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त (तस्बिरहरू)

काठमाडौं– नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त नेपाल आएका छन् । 

कोशि सरकारद्वारा मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न समिति गठन

काठमाडौं– कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति

सशस्त्रद्वारा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार

टक्सार– भोजपुरमा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार पारिएको छ ।