जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल « Khabarhub

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएक छन् ।

पेसागत महासङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन विस्तार अभियान नै भएको बताए ।

जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न पार्टीले आवश्यक राजनीतिक पहलकदमी लिने जनाउँदै उनले भने, “पार्टी सरकारमा सहभागी छ, मन्त्रीहरुबाट परिणाममुखी काम होऊन्, सरकारले राम्रो काम गरोस् ।”

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज भेट भएको जानकारी दिँदै आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सरकारले मुलुकमा सामाजिक–आर्थिक रुपान्तरणका लागि नीति तथा कार्यक्रमलाई प्राथमिकता राखेको बताए ।

उनले देशमा सुशासन कायम गरी विकास तथा समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा महासङ्घका विभिन्न प्रकाशन विमोचन गरिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ९ : ५३ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित