मान्छेलाई धम्की दिएर बस्न गृहमन्त्रीलाई नैतिकताले दिँदैन | Khabarhub Khabarhub

मान्छेलाई धम्की दिएर बस्न गृहमन्त्रीलाई नैतिकताले दिँदैन



२००७ सालदेखि हामीले परिवर्तनको लागि संघर्ष गर्यौँ। तर प्रणाली मात्रै परिवर्तनको संघर्ष गर्यौँ। परिवर्तनपछि के गर्ने भन्ने कसैलाई पनि सोच आएन। सोच भए पनि कार्यान्वयन गर्ने कोही पनि भएन। अब परिवर्तनको अन्तिम निर्णयमा पुगिसकेका छौँ। हामीले लोकतन्त्र पनि पायौँ गणतन्त्र पनि पायौँ। पुरानो सामन्ती युग अन्त्य गर्यौँ। तर त्यो सत्तासँग जोडिरहनु पर्ने सामन्ती सोच चाहिँ परिवर्तन भएन।

अहिले ठूला समस्या छन् तिनका बारेमा कहिल्यै पनि विचार विमर्श हुँदैन। संविधान जारी भएपछिका सरकारले १०० दिन पूरा गर्न नसक्दा पनि कुनै समस्याको कुरा छैन। एउटा नेताले एउटा कुरा भन्छ, अर्कोले अर्को कुरा भन्छ। यी नेताका विचार र कामले गर्दा हाम्रो सारा समय दुरुपयोग भइरहेको छ। यसमा पुराना नयाँ सबै पार्टीको जिम्मेवारी छ। रोग एक ठाउँमा लागेपछि अर्को ठाउँमा उपचार गरेर हुँदैन। एउटै प्रणालीभित्र बसेको व्यक्ति खराब बनेपछि त्यो प्रणालीमाथि नै प्रश्न उठ्छ। बोरामा भएको एउटा आलु कुहियो भने सबै कुहिन्छ।

रोग एक ठाउँमा लागेपछि अर्को ठाउँमा उपचार गरेर हुँदैन। एउटै प्रणालीभित्र बसेको व्यक्ति खराब बनेपछि त्यो प्रणालीमाथि नै प्रश्न उठ्छ। बोरामा भएको एउटा आलु कुहियो भने सबै कुहिन्छ।

जनताले परिवर्तनको अपेक्षा गरे पनि जस्ता पुराना दल छन् नयाँ त्यो भन्दा पनि बढी फोहोरी रोगी भएका छन्। कुनै फोहोर ठाउँमा सफा अनुहार सफा गर्छु भनेर आउनुपर्छ। त्यो सम्भावना छैन। अरु फोहोरी भए भनेर फोहोरी मान्छेले सफा गर्न सक्दैन। नयाँ यी पुरानाले गरेनन् हामी गर्छौँ भनेर आएका हु्न्। तर यिनीहरुसँग देश बनाउने विश्वास र योजना छैन। त्यसको आधार पनि देखिँदैन। यिनीहरु पुरानाको प्रतिक्रिया र आक्रोशमा मात्र आएका हुन्।

हजारौ युवा दैनिक देश भित्र शिक्षा राम्रो छैन भनेर बाहिर जान्छन्। शिक्षासँग रोजगारी जोडिएको हुन्छ। शिक्षासँग नयाँ खोजी र नयाँ सम्भाव्यता सिर्जना गर्ने कुरा हुन्छ। शिक्षासँग मूल मियो राजनीतिको सम्बन्ध हुन्छ। हाम्रोमा ती केही कुरा नभइसकेपछि धेरै जसो शिक्षित र शिक्षा लिन चाहनेहरु विदेश गइराखेका छन्।

हाम्रो अहिले दुई ढंगबाट विदेशिनेको लहर छ। एउटा श्रम बजारमा जाने समूह छ। उ नेपालमा फर्केर केही गर्छ। तर जो व्यक्ति योग्यताका साथ बाहिर गएको छ उ नेपाल फर्किने सम्भावना कम हुन्छ। अन्तै जान्छ अन्तै योगदान गर्छ। त्यसलाई दबाब दिएर पनि फर्काउन सकिँदैन। तर यसलाई रोक्न प्रयत्नका रूपमा के गर्ने भन्ने ठूलो प्रश्न हो। यसको लागि सरकारले योजनाबद्ध तरिकाले काम गर्ने हो रोक्न सकिन्छ। पहिलो कुरा तिमी योग्य बन तिम्रो अनुभव के छ हामीलाई देऊ भन्न सकिन्छ। अर्को तिमीले के कमाइ गर्छौँ तिमीलाई त्यहाँबाट अलिकति बढी कमाइ भएको छ भने त्यो कमाइ ल्याएर देशलाई सहयोग गरिदेऊ भन्न सक्नुपर्छ। तिमी आए पनि नआए पनि मातृभूमिको ऋण तिर्न भए पनि त्यति गरिदेऊ भनेर भन्न सक्नुपर्छ।

अहिले भइरहेको रोबर्ट शैली र स्वभावले कुनै नयाँ आशा पलाउने सम्भावना छैन। नेपालमा हामीले नै ल्याएको परिवर्तनले हाम्रो काम गरेको छैन र परिवर्तनका नायकले जनताको पक्षमा काम गर्न सकेका छैनन्। उनीहरुले आफ्नो स्वार्थको लागि मात्रै काम गर्छन् भने देशमा विद्रोह अवश्य सुरु हुन्छ।

अहिले भइरहेको रोबर्ट शैली र स्वभावले कुनै नयाँ आशा पलाउने सम्भावना छैन। नेपालमा हामीले नै ल्याएको परिवर्तनले हाम्रो काम गरेको छैन र परिवर्तनका नायकले जनताको पक्षमा काम गर्न सकेका छैनन्। उनीहरुले आफ्नो स्वार्थको लागि मात्रै काम गर्छन् भने देशमा विद्रोह अवश्य सुरु हुन्छ।

लक्ष्यका साथ गरिएका परिवर्तन त भइरहेका छन्। जस्तो : राणा शासन अन्त्यको परिवर्तन लक्ष्यका साथ भएको थियो सफल भयो। राजसंस्था अन्त्यको परिवर्तन पनि त्यही स्थितिमा पुग्यो। संविधान सभाले संविधान बनाउने भन्ने लक्ष्यका साथ परिवर्तन भयो त्यो पनि पुरा भयो। तर लक्ष्य निर्धारण नभएको विद्रोहमा देश जाग्यो भने अराजकता हुन्छ। नेपालमा एउटै मात्र प्रणाली त छैन।

देशका प्रमुख पात्रहरूको अवस्थाउस्तै छ । हिजो अस्ति आएको बजेटमा केपी ओलीले माओवादीको बजेट भनेर भन्नुभयो। यो सरकारले राम्रो काम गर्न सकेन भन्नुभयो। उहाँ आफै सरकारको नियन्त्रणकर्ता हुनुहुन्छ। प्रधानमन्त्री के  गरिरहनु भएको छ ? जुन गृहमन्त्रीका विरुद्ध अनुसन्धान संसदीय तहमा भइराखेको छ।   जसमाथि यति ठूलो आरोप लागेको छ सरकार त्यसलाई काखी च्यापेर बसेको छ। कुनै मर्यादा नैतिकता राजनीतिक संस्कार केही विकास भएन। यसले त सत्ता बाहेक केही रहेनछ भन्ने देखाइ राखेको छ। यस्तो देशको राजनीतिक स्थितिलाई कुन रूपमा हेर्ने हाम्रो पुस्ता साह्रै दुर्भाग्यशाली रहेछ। परिवर्तन गर्यौं तर त्यसलाई संस्थागत गर्ने कुरालाई, त्यो परिवर्तनलाई संस्कार परिवर्तन गर्ने कुरालाई, त्यो परिवर्तनबाट सभ्यताको विकास गर्ने कुरामा हामी असफल भयौँ। त्यसको पुष्टि अहिले हुँदै गएको छ।

आफ्नै गृहमन्त्रीको अनुसन्धान पुलिस र सांसदले गर्दैछ। गृहमन्त्री ठाँटसँग मान्छेलाई धम्की दिएर बस्नुभएको छ। गृहमन्त्रीसँग अलिकति पनि नैतिकता छैन ?

आफ्नै गृहमन्त्रीको अनुसन्धान पुलिस र सांसदले गर्दैछ। गृहमन्त्री ठाँटसँग मान्छेलाई धम्की दिएर बस्नुभएको छ। गृहमन्त्रीसँग अलिकति पनि नैतिकता छैन ? इतिहासलाई फर्केर हेर्दा २००८ सालमा सिंहदरबारमा एक जना विद्यार्थी भीडमा परेर मरे। त्यो बेलाको गृहमन्त्री बिपी कोइरालाले नैतिक जिम्मेवारी लिएर राजीनामा दिए। २०३० मा सिंहदरबारमा आगो लाग्यो। त्यो बेलाको प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले राजीनामा दिए। २०४४ सालमा दशरथ रंगशालामा एक काण्डमा ५३ जनाको ज्यान जाँदा तत्कालीन खेलकुदमन्त्री केशरबहादुर विष्टले नैतिकताको आधारमा राजीनामा दिए। तर अहिले प्रधानमन्त्री प्रचण्ड र उनका कुनै मन्त्रीसँग कुनै नैतिकता नहुने हो ? आफ्नो मन्त्रालय थेग्न मन्त्री थेग्नलाई जोसँग पनि अंकमाल गरिरहनु पर्ने ?

रबीजीले तीन जना नेता (केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड) लाई टुँडिखेलमा नाकाको डाढी भाँच्दिने भन्नुहुथ्यो। अहिले त्यही दलदलमा फस्नुभएको छ। कुनै नैतिकताको कुरा छैन। यस्तो छ देशको अवस्था । हामीले भोलि राम्रो होला राम्रा आउलान् भनेर कसरी विश्लेषण गर्ने ?

अन्तिम सत्य नै सत्ता भन्ने सिद्धान्त जबसम्म रहन्छ तबसम्म देशमा विकास र परिवर्तन हुँदैन । जसरी पनि सत्ता भनेर हिँडेपछि त्यो बेलाको सन्तुलन के हुन्छ भनेर हामीले के विश्लेषण गर्नु ?

अन्तिम सत्य नै सत्ता भन्ने सिद्धान्त जबसम्म रहन्छ तबसम्म देशमा विकास र परिवर्तन हुँदैन । जस्तो २७५ जना सांसद्हरु छन् उनीहरू भित्रबाट अवसरको उपयोग गर्छन्। राजनीतिमा अवसरवाद विकास भएको छ। राजनीतिमा विचार नभएपछि राजनीति कानुन सम्मत हिसाबले नहिँड्ने प्रष्ट हुन्छ। जसरी पनि सत्ता भनेर हिँडेपछि त्यो बेलाको सन्तुलन के हुन्छ भनेर हामीले के विश्लेषण गर्नु ? उहाँहरू भागबन्डा गरेर खान त प्रजातन्त्र ल्याएको हो नि भन्नु हुन्छ। व्यक्तिगत रूपमा देशको माया गर्ने धेरै छन्। तर विकास हुन त संगठनात्मक हुनु जरुरी छ।

नेपालको वैकल्पिक विकासको आधार के हुनसक्छन् भनेर हामीले कहिल्यै सोचेनौँ। उत्तर र दक्षिण कहाँ पुगे। भारत र चीन कति विकास भइसके तर हामी झन्झन् खुम्चिँदै छौँ । त्यसको बारेमा हामीले कहिल्यै सोचेका छैनौँ। हामी त अहिले नैतिकताको मूल्य तोकेर तीनतीन महिलामा सत्तामा को आउला र को जाला भनेर छलफल गरिराखेको छौँ।

(वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंशः)

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ३८ बजे

सौर्य एयरको जहाज दुर्घटना, इन्जिनको भाग उछिट्टिएर झर्‍यो

काठमाडौं- त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरियौँ : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

पाराओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ– कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।