राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै | Khabarhub Khabarhub

राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् ।

जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै बिहान पौने १० बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

सो अवसरमा दुईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।

यसअघि स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई जेठ ३१ गते राष्ट्रपति पौडेलले मूख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए ।

स्वीट्जरल्याण्डमा रहँदा राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच बर्नमा दुई देशको सम्बन्ध, आपसी सहयोग र सम्बन्ध विस्तारका पक्षमा केन्द्रित रहेर भेटवार्ता भएको थियो ।

यसैगरी राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच पनि जेनेभामा शिष्टाचार भेट भएको थियो ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ५१ बजे

बुटवलमा खुल्यो १२ करोड लगानीको दोस्रो सिद्धार्थ कटेज

बुटवल- सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’ सञ्चालनमा

विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसदका अध्यक्षलाई पत्र

काठमाडौं– सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन

नदीजस्ती दिया मास्के – कलाका बहुविधामा ठोक्किँदै, बग्दै !

काठमाडौं – दिया मास्के कलामा रुचि राख्ने दर्शक, श्रोता र

नेपालले दियो थाइल्याण्डलाई ८२ रनको लक्ष्य

काठमाडौं – महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई जितका

संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको