बर्फानी बाबा मन्दिरमा खानेपानीको व्यवस्था गरिँदै | Khabarhub Khabarhub

बर्फानी बाबा मन्दिरमा खानेपानीको व्यवस्था गरिँदै


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ ।

बाँकेको धार्मिक पर्यटकीयस्थल उक्त मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले जानकारी दिए ।

राप्तीसोनारी–४ बैजापुरको कुम्भरमा डिपबोरिङ गरेर सात किलोमिटर टाढा उक्त मन्दिरमा पानी पुर्याइने उनको भनाइ छ ।

‘कुम्भरबाट बर्फानी मन्दिरसम्म पाइप बिछ्याउने काम अन्तिम चरणमा छ’, उनले भने, ‘बर्फानी बाबा मन्दिर रहेको डाँडामा पानी सङ्कलन गर्न ३५ हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण भएको छ ।’

खानेपानीका लागि प्रदेश सरकारको ७० लाख बजेटमा काम भइरहेको छ । मुलुकका  विभिन्न स्थानका साथै भारतबाट पनि बर्फानी बाबाको दर्शन गर्न आउने गरेका छन् ।

मन्दिरमा खानेपानीका साथै आवासको व्यवस्था गर्न भवन निर्माण जारी छ । राप्ती सोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काले भवन निर्माण अन्तिम चरणमा पुगेको तथा त्यस निम्ति प्रदेश सरकारले  ८० लाख बजेट विनियोजन भएको बताए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : १५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस