प्रेम सम्बन्धमा रहेका अस्मिता र महेशले दुबईमा गरे इन्गेजमेन्ट « Khabarhub

प्रेम सम्बन्धमा रहेका अस्मिता र महेशले दुबईमा गरे इन्गेजमेन्ट


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

अस्मिता र महेशले दुबई पुगेका बेला बिहे गर्ने निर्णयसहित इन्गेजमेन्ट गरेका छन् ।

दुबईमा हुन लागेको सांगीतिक कार्यक्रममा गीत गाउन पुगेका उनीहरूले त्यहीँ इन्गेजमेन्ट गरेर तस्बिहरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

उनीहरूले एकसाथ सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफूहरू अब एक भएको जनाएका छन् ।

विश्वकै अग्लो भवन बुर्ज खलिफाअगाडि बसेर उनीहरूले एकअर्कालाई इन्गेजमेन्टको औंठी लगाइदिए ।

त्यसपछि अस्मिताले दुई आत्मा एक भएको कुरा लेखेकी छन् । उनले आफूहरू सधैँका लागि एक भएको पनि बताएकी छन् ।

उनीहरूले पछिल्लो समय सांगीतिक करिअरलाई मिलेर अघि बढाइरहेका थिए । यसअघिबाटै उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा थियो । तर उनीहरूले आफूहरूको सम्बन्धलाई स्वीकारेका थिएनन् । गसिपका रुपमा चर्चा भए पनि प्रेम सम्बन्धलाई गोप्य राख्दै अघि बढेका उनीहरूले बिहेको निर्णय लिएका हुन् ।

अब उनीहरूले दुबईमा इन्गेजमेन्ट गर्दै प्रेममा रहेको पनि स्वीकारेका छन् । अर्कातिर एकसाथ जीवन अघि बढाउने जनाउँदै विवाहको निर्णय पनि लिएका छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : ३५ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा