कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत | Khabarhub Khabarhub

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताएका छन् । 

बागमती प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशसभामा पेस भएको बजेट र प्रदेश सरकारले वितरण गरेको विनियोजन विधेयकसम्बन्धी छलफलमा उनले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताए। 

प्रवक्ता महतले आफू अर्थमन्त्री हुँदा बजेटलाई कनिका छरे जसरी छर्ने प्रचलनलाई रोक्न संघीय सरकारबाट तीन करोडभन्दा माथि र प्रदेश सरकारबाट एक करोडभन्दा माथिको मात्रै योजना बनाउने कार्यविधि तयार पारे पनि गठबन्धन फेरबदल भएपछि सरकारले उक्त कार्यविधि लत्याएको बताए । 

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिलाई निरन्तरता दिएर सरकारले कार्यकर्तामुखी बजेट ल्याएको उनको आरोप छ । महतले बागमती प्रदेशले पनि संघीय सरकारकै सिको गरेर कार्यकर्तामुखी बजेट ल्याएको भन्दै त्यसको प्रतिवाद गर्न पनि प्रदेश सांसदहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका