युट्युबमा सबैभन्दा बढी हेरिएको फिल्म बन्यो ‘छक्का पञ्जा–३’ « Khabarhub

युट्युबमा सबैभन्दा बढी हेरिएको फिल्म बन्यो ‘छक्का पञ्जा–३’


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपक दीपाको ‘छक्का पञ्जा–३’ युट्युबमा सबैभन्दा बढी भ्युज पाउने नेपाली फिल्म बनेको छ । यो फिल्मले नायक प्रदीप खड्का र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको ‘प्रेम गीत’को रेकर्ड तोडेको हो । 

आठ वर्षअघि सार्वजनिक भएको प्रेम गीतले तीन करोड २३ लाखभन्दा बढी भ्युज बटुल्दै युट्युबमा सबैभन्दा बढी भ्युज पाउने फिल्मको रेकर्ड राखेको थियो । जुन रकेर्ड छक्का पञ्जा–३ ले तीन वर्षमै तोडेको हो । छक्का पञ्जा–३ ले तीन करोड ५१ लाखभन्दा बढी भ्युज पाएको छ । 

यससँगै छक्का पञ्जा–३ सबैभन्दा कम समयमा युटुबमा बढी भ्युज पाउने नेपाली फिल्मको रेकर्डसमेत राख्न सफल भएको छ । नेपालको जनसंख्या २ करोड ९३ लाखभन्दा कम छ तर यस फिल्मले सो अंकभन्दा बढी भ्युज पाएको छ । 

रेकर्ड कायम भएसँगै कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले सामाजिक सञ्जालमार्फत् दर्शकलाई धन्यवाद दिएका छन् । त्यस्तै दीपकराज गिरीले लेखेका छन्, ‘यस्तै साना–साना खुशीहरुले नै त हो काम गर्न जाँगर लाग्ने । धन्यवाद दर्शक ।’

यो फिल्म विसं २०७५ असोज २४ गते घटस्थापनाबाट प्रदर्शनमा आएको थियो । यसले सिभिल मलको ब्यूएफएक्स, बिग मुभिज, एफक्युबलगायतका उपत्यकाका ९ हलमा ५१ दिन मनाएको थियो ।

दीपराज गिरीको लेखन रहेको यस फिल्मको निर्देशक दीपाश्री निरौला हुन् । यसमा दीपकसँगै, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, किरण केसी दीपिका प्रसाईं, नीर शाह, जयनन्द लामा, शिशिर वाग्ंदेललगायतको मुख्य अभिनय रहेको छ । 

यस फिल्मका सम्पूर्ण शृंखला सुपरहिट छन् । यसबेला ‘छक्का पञ्जा- ५’ को छायांकन जारी छ, जुन आगामी दसैँको फुलपातीबाट प्रदर्शनमा आउने घोषणा भएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ३ : ३९ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले