पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन « Khabarhub

पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ ऊनबीच प्योङयाङमा दुई घण्टा लामो वार्ता भएको छ ।

भ्लादिमिर पुटिन बुधवार उत्तर कोरिया उत्रिँदा उनको भब्य स्वागत भएको थियो ।

स्वागत समारोहपछि बाद राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच एक्ला एक्लै दुई घण्टा लामो वार्ता भएको छ ।

रुसी समाचर एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यी दुई नेताहरूबीच करिब दुई घण्टा लामो वार्ता भएको हो ।

किम जोङ्ग उनले वार्तापछि यूक्रेनमा रूसको अक्रमणको समर्थन गरेका छन् । रूसी एजेन्सी इन्टरफ्याक्सको एक रिपोर्ट अनुसार उनले उत्तर कोरियाको उद्धेश्य रुससँग रणनीतिक सहयोगलाई अझै बलियो बनाउनु रहेको बताएका छन् ।

पुटिनले दुवै देशबीच दशकौँ पुरानो मित्रताको जिकिर गरेका छन् । २४ वर्षपछि रूसका राष्ट्रपति उत्तर कोरिया पुगेका हुन् । उनी सन् २००० मा पहिलो पटक राष्ट्रपति हुँदा उत्तर कोरिया पुगेका थिए ।

रूसी मीडिया आरआईएको रिपोर्ट अनुसार दुवै नेताहरूले व्यापक रणनीतिक साझेदारी र सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पुटिनका सल्लाहकार युरी उशाकोभोले मंगलबार यसबारेमा सञ्चारमाध्यमलाई बताएका छन् । तर अहिलेसम्म दुवै पक्षले सम्झौतामा उल्लिखित कुराको विस्तृत विवरण खुलाएका छैनन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : १६ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार