उमेरसम्बन्धी विवादले महासेनानी मल्ल बर्खास्त « Khabarhub

उमेरसम्बन्धी विवादले महासेनानी मल्ल बर्खास्त


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महासेनानी दिरेन्द्रकुमार मल्ललाई सैनिक अदालतले बर्खास्त गर्ने फैसला सुनाएको छ ।

उमेरसम्बन्धी विवाद मुछिएका मल्ललाई समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने फैसला सुनाएको हो ।

नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी गौरवकुमार केसीले मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको पुष्टि गरे ।

उनका अनुसार मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला सैनिक अदालतले सुनाएको हो ।

छानबिनका क्रममा मल्लका शैक्षिक प्रमाण पत्रमा एउटा नागरिकताको प्रमाण पत्रमा अर्को जन्म मिति पाइएको थियो ।

त्यसबारेमा उजुरी दर्ता भएपछि जंगी अड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो । छानबिनमा तानिएपछि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाली नियोगमा कार्यरत उनलाई नेपाल झिकाएर हिरासतमा लिइएको थियो ।

राष्ट्रसंघमा सैनिक सहचारीका रुपमा कार्यरत उनलाई नेपाल आउनेबित्तिकै हिरासतमा लिएर छानबिन अघि बढाइएको थियो ।

साढे ४ महिनाअघि मल्ल सैनिक सहचारीका रुपमा न्यूयोर्क पुगेका थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ०२ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम