उमेरसम्बन्धी विवादले महासेनानी मल्ल बर्खास्त « Khabarhub

उमेरसम्बन्धी विवादले महासेनानी मल्ल बर्खास्त


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महासेनानी दिरेन्द्रकुमार मल्ललाई सैनिक अदालतले बर्खास्त गर्ने फैसला सुनाएको छ ।

उमेरसम्बन्धी विवाद मुछिएका मल्ललाई समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने फैसला सुनाएको हो ।

नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी गौरवकुमार केसीले मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको पुष्टि गरे ।

उनका अनुसार मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला सैनिक अदालतले सुनाएको हो ।

छानबिनका क्रममा मल्लका शैक्षिक प्रमाण पत्रमा एउटा नागरिकताको प्रमाण पत्रमा अर्को जन्म मिति पाइएको थियो ।

त्यसबारेमा उजुरी दर्ता भएपछि जंगी अड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो । छानबिनमा तानिएपछि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाली नियोगमा कार्यरत उनलाई नेपाल झिकाएर हिरासतमा लिइएको थियो ।

राष्ट्रसंघमा सैनिक सहचारीका रुपमा कार्यरत उनलाई नेपाल आउनेबित्तिकै हिरासतमा लिएर छानबिन अघि बढाइएको थियो ।

साढे ४ महिनाअघि मल्ल सैनिक सहचारीका रुपमा न्यूयोर्क पुगेका थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ०२ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको