सहकारी विभागको सिफारिसमा समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता « Khabarhub

सहकारी विभागको सिफारिसमा समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् । 

सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतमले मन्त्री अधिकारी र मन्त्रालयसँगको निरन्तर समन्वय र अग्रसरतामा समस्याग्रस्त घोषित तीन सहकारीको सम्पूर्ण बचत रकम फिर्ता गराउन सफल भएको जानकारी दिए । 

संस्थाका पीडित, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा व्यवस्थापन समितिबीच विभिन्न मितिमा बचत फिर्तालगायत विषयमा छलफल भई समस्याग्रस्त १९ सहकारीमध्ये तीन  सहकारीको समस्या पूर्णरुपमा समाधान गरिएको अध्यक्ष गौतमले बताए । 

मन्त्री अधिकारीले समस्याग्रस्त अन्य १७ वटा सहकारीको समस्या स्थायी समाधानका लागि पहल गरिरहेको बताए। पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्तउन्मुख र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको उनले बताए। मन्त्री अधिकारीका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ प्रभावकारी ढंगले परिचालन गरी बचत फिर्तालाई तदारुकताका साथ अघि बढाइएको छ ।  

सोही मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सोबमोजिम गठन हुन नसकेका संरचनाः कर्जा  तथा बचत सुरक्षण कोष, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असुली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रियासमेत अघि बढेको जानकारी दिए। 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ३७ बजे

वीरगञ्ज भन्सार : चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को

कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन

विराटनगर– कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता

सचिवालयको स्पष्टीकरण : वृद्ध प्रधानमन्त्रीलाई २४ घण्टा सहयोग गर्न दम्पतीको नियुक्ति !

काठमाडौं – प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको सचिवालयमा श्रीमान श्रीमती नियुक्तिको

तस्बिरमा हेर्नुहोस्, जनकपुर र विराटनगरबीचको प्रतिस्पर्धा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स

उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा