पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव « Khabarhub

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा- अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउन भारतीय राजदूतावासले पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ ।

स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्न उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी, विभिन्न स्थानीय योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी सदस्य लगायत स्थानीय समुदाय सहभागी थिए ।

विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधिहरु प्रस्तुत गरिएको सो कार्यक्रम अनुभवी प्रशिक्षकको नेतृत्वमा योग सत्रको श्रृङ्खलासँगै बिहान सबेरैबाट सुरु भएको थियो ।

शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाबारे पनि त्यहाँ जानकारी दिइए छ ।

भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको हो ।

उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति प्रोफेसर प्रेमनारायण अर्याल प्रमुख अतिथि थिए ।

उनले कार्यक्रम आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिँदै विचारशील र स्वस्थ जीवन जीउन योगका फाइदाहरु खोज्न कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रोत्साहित गरे ।

योग प्रशिक्षकहरूले योगका फाइदा र दैनिक जीवनमा विशेष गरी युवाहरुका लागि यसको व्यावहारिक उपयोगिताबारे व्याख्यान दिए ।

आयुर्वेद र योगलाई दैनिक जीवनमा समावेश गर्ने बारे बहुमूल्य जानकारी र सल्लाह दिएका प्रख्यात आयुर्वेदविज्ञका परामर्शबाट पोखरा विश्वविद्यालयका विद्यार्थी तथा सङ्काय पनि लाभान्वित भए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ३५ बजे

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा