एसिसी महिला एसिया कप क्रिकेट : नेपालले टस जित्यो « Khabarhub

एसिसी महिला एसिया कप क्रिकेट : नेपालले टस जित्यो


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा  नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा टस जितेको छ ।

श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालका कप्तान इन्दु वर्माले टस जितेर पहिला फिल्डिङको गर्ने निर्णय लिएकी छिन् । नेपालको एसिया कपमा यो तेस्रो सहभागिता हो ।

यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो । खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) र पूजा महतो छन् । टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।

हालसम्म नेपाल र युएईबीच चार खेलमा नेपालले दुई र युएईले एक जीत निकालेका छन् । एक खेल भने नतिजाविहीन बनेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : ०० बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी