त्रिशूलीमा खसेको एञ्जल बसका चालकको कुशको शव बनाएर बिदाइ | Khabarhub Khabarhub

त्रिशूलीमा खसेको एञ्जल बसका चालकको कुशको शव बनाएर बिदाइ


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

पर्सा– गत शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता एञ्जल बसका चालक र सह-चालकको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी एञ्जल बस चालक जावाहिर महतो र त्यही बसमा सवार अरविन्द पण्डितको शुक्रबार आठौँ दिन कुशको शव बनाएर दाहसंस्कार गरिएको हो ।

त्रिशूलीमा बेपत्ता भएको आठौं दिनसम्म पनि शव नभेटिएपछि वीरगञ्जस्थित उनीहरूको घरका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् ।

अन्तिम संस्कारमा परिवारजन र गाउँबासीले हिन्दु रितिरिवाज अनुसार उनको अन्तिम बिदाइ गरेका हुन् ।

उता बीएससी नर्सिङ सकेर नियुक्ति पत्र लिन काठमाडौं जाँदै गरेका अरविन्द पण्डितको पनि हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ०६ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा