‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ मा नेपाली र थारु भाषाको मिश्रण « Khabarhub

‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ मा नेपाली र थारु भाषाको मिश्रण


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘उडायो मन’ सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार युटुबमार्फत गीत सार्वजनिक गरेको हो ।

यो गीत जयन जे वाइवाले तयार पारेका हुन् । गीतको सङ्गीतसँगै शब्द र ऐरेन्ज पनि वाइवाकै छ भने इन्द्रकला राईले स्वर दिएकी छन् ।

गीतमा नेपाली र थारु भाषाको मिश्रण छ । सो गीतका मूल सर्जक केशवराज महतो हुन् । थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् ।

गीतको भिडियोमा सिनेमाकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्काले मुख्य स्थान पाएकी छन् । सो गीतमा सिमरन खड्का तथा निश्चल बस्नेत फिचर्ड छन् । गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।

असोज १७ गते घटस्थापनाका दिन प्रदर्शनमा आउने यस फिल्ममा निश्चल, स्वस्तिमा, सिमरनसहित बसुन्धरा भुषाल, विजय बराल, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्टलगायतको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरूको डेव्यू निर्देशन हो । अभिनेता विजय बराल कास्टिङ निर्देशक हुन् ।

यही फिल्ममार्फत स्वस्तिमाले निर्माणमा हात हलेकी छन् । स्वस्तिमा र निश्चलको जोडीको यस फिल्ममा लगानी रहेको छ । फिरोज खड्का र शंकर पाण्डे कार्यकारी निर्माता हुन् ।

हेर्नुहोस् गीत :

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : २५ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक