सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत, एक वर्षमै थपियो १ खर्ब ३४ अर्ब « Khabarhub

सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत, एक वर्षमै थपियो १ खर्ब ३४ अर्ब


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सार्वजनिक ऋण अनुमानित कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.६५ प्रतिशत पुगेको छ । ३.५४ प्रतिशत वृद्धिदर भए चालु आर्थिक वर्षमा नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ हुने अनुमान छ ।

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

यो आकारमा प्रतिवेदन पश्चात प्राप्त भएको, वैदेशिक मुद्राको विनिमयदर घटबढको हिसाब मिलान नभएको प्रारम्भिक तथ्याङ्क मात्रै भएकाले वार्षिक प्रतिवेदन तयार पार्दा फरक पर्न सक्ने कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म राज्यको जम्मा ऋण दायित्व २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ थियो एकै वर्षमा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थप हुँदा यस्तो दायित्व २४ खर्ब रुपैयाँ नाघेको हो । जेठ महिनाको तुलनामा असारमा मात्रै ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ ऋण थपिएको छ ।

आन्तरिकतर्फ ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख र वाह्यतर्फ १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ ऋणभार छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म सरकारले ऋणको साँवा-ब्याज बापत  २ खर्ब २३ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ । आन्तरिकतर्फ १ खर्ब ८२ अर्ब ६२ करोड ३३ लाख र वाह्यतर्फ ४० अर्ब ७२ करोड २१ हजार रुपैयाँ ऋण तिरेको हो ।

यस्तो छ लक्ष्य र प्राप्ति

सरकारले चालु आर्थिक वर्षभित्र ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । असार मसान्तसम्म वार्षिक लक्ष्यको तुलनामा ७९.०८ प्रतिशत मात्रै ऋण प्राप्ति भएको छ ।

असार मसान्तसम्म कुल ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ति भएको कार्यालयले जानकारी दिएको हो । आन्तरिक ऋण प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ९७.६८ र वाह्य ऋण प्राप्ति ५८.१० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ऋणको सेवा खर्चमा ३ खर्ब ३० अर्ब बजेट छुट्याएको थियो । विनियोजितमध्ये असार मसान्तसम्म ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कार्यालयका अनुसार हाल नेपालमा कुल गार्हस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ५६ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)