रास्वपामा नमिसिएका मिलन पाण्डेलाई प्रश्न : विवेकशीललाई फेरि पुनर्गठन गर्ने हो ? « Khabarhub

अन्तर्वार्ता

रास्वपामा नमिसिएका मिलन पाण्डेलाई प्रश्न : विवेकशीललाई फेरि पुनर्गठन गर्ने हो ?



विवेकशील नेपाली अभियान लिएर २०७० सालदेखि वैकल्पिक राजनीतिमा आएका मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा गएनन् । दुई दलबीच एकता हुँदा विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटासहितका नेताहरू घण्टीघरमा जोडिए । तर पाण्डे भने समय राजनीति नगर्ने पक्षमा छन् । उनले रास्वपासँग एकता गर्नुलाई हतारको निर्णय भने । आज एउटा पार्टी र भोलि अर्को पार्टी पुग्ने चलन ठिक नभएको उनले बताएका छन् । पेशले सिभिल इन्जिनियर पाण्डे रास्वपामा जानुपरे साधारण सदस्य हुने बताउँछन् । आफू पदको बार्गेनिङ नगरी त्यहाँ जाने उनले बताए । विगत दुई वर्षदेखि विवेकशील साझा पार्टीको बैठक र अन्य कार्यक्रममा नगएका उनीसँग खबरहबले संक्षिप्त कुराकानी गरेको छ ।

किन रास्वपामा नजाने निर्णय गर्नुभएको ?

त्यो एकीकरण नकारात्मक भनेको छैन । म चाहिँ सामेल हुँदिन, एकीकरण त सकारात्मक हो भनिरहेकै छौँ नि ।

एकतामा सामेल नहुनुको कारण ?

आज एउटा पार्टीमा बस्यो, भोलि अर्कोमा जानेभन्दा केही समय कलिङ पिरियड लिनका लागि यो निर्णय गरेको हो ।

पहिलो कुरा : घरीघरी पार्टी परिवर्तन गर्नु राम्रो होइन । राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै कुरा र दस्तावेजका विचार पनि मिलेका छैनन् । उहाँहरूले पार्टीको विचारधारा के हो टुङ्गो लगाउनु भएको छैन ।

रास्वपा अझै पनि परिपक्व भएको छैन । मसँग त विवेकशील र साझा दुई पटक मिलेको, फुटेको तीतो-मिठो अनुभव छ । त्यही भएर केही समय सोच्ने तयारीमा छु । रास्वपा त राम्रो पार्टी हो । मेरो समर्थन छ । म रविजीलाई भेट्न गएदेखि नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने हो । तर म चाहिँ व्यक्तिगत रूपमा समय दिन्छु ।

दोस्रो कुरा : विचार, सिद्धान्त, मूल्य-मान्यता नमिली एकीकरण गर्नुभन्दा चुनावी गणबनधन ठिक छ । मोर्चा बनाएर गएको भए आफ्नो पहिचान हराउँदै थियो भन्ने बुझाइ हो ।

यहाँ अब विवेकशील बनाउन जाने कि चुप लागेर बस्ने ?

म केही न केही नगरी त बस्दिनँ । अहिलेलाई भन्दा वेट गर्छु । मेरो विचार, क्षमता र नेतृत्वको अनुभवले भ्याएसम्म केही निर्णय गरेर जान्छु ।

उसो भए विवेकशीललाई नै फेरि पुनर्गठन गरेर जाने हो ?

त्यो कुरामा त साथीहरूसँग छलफल गर्नुपर्छ । पार्टी नामको मात्रै पनि कुरा भएन । यात्राको कुरा हो, राजनीति भनेको के हुन्छ, कसो हुन्छ साथीहरूसँग छलफल गरेर निर्णय लिन्छु । तर राजनीति यात्रा छोड्दिनँ ।

तर यहाँ त कुलमान घिसिङसँग पनि सम्पर्कमा हुनुहुन्छ रे ? उता जाने तयारी पनि छ भन्छन् नि ?

मैले आजसम्म कुलमानजीलाई भेटेको छैन । उहाँले पनि चिन्नुहुन्छ होला, मैले पनि चिन्छु । फोनमा चाहिँ कुरा भएको हो । उहाँका साथीहरूसँग पनि कुरा भएको हो । निकै भयो उहाँलाई भेटेको छैन । अरू साथीहरूलाई पनि भेटेको छु । कुरा हुन्छ । तर अरु नै विषयमा ।

उसो भए उहाँको टिमसँग छलफलमा हुनुहुन्छ ?

सबैसँग छलफलमा छु । म यता-उता जाने भन्ने पक्षमा छैन । कुलमानको उज्यालो नेपाल र रास्वपा कतै जान्नँ । हिजोसम्म एउटा पार्टी, आज अर्को पार्टी, हिजोसम्म एउटा बोली, आज अर्को बोली गर्नुभन्दा केही समय सोचेर सम्झेर निर्णय लिन्छु । रास्वपामा जानुपरे साधारण सदस्य भएर जान्छु । किन पद चाहियो र ? मलाई मन परे साधारण सदस्य लिएर जानछु । अनलाइनमै छ । सजिलो छ ।

यहाँ रास्वपामा नजाने कुरा अगाडि नै जानकारी गराउनु भएको थियो पार्टीमा ?

म पार्टीमा एक तहको निष्क्रिय जस्तै हो । विकत एक-दुई वर्षदेखि केन्द्रीय कमिटी बैठकमा पनि गएको थिइनँ । म त निष्क्रिय जस्तै थिएँ । एक तहको मेरै सहमतिमा पनि यो निर्णय भयो नि । मैले केन्द्रीय कमिटी बैठकमा विरोध गरेको भए त दुईतिहाइ केन्द्रीय सदस्य साथीहरूले निर्णय गर्नुपर्ने थियो, त्यो त गाह्रो हुने थियो । मैले सहजीकरण गरेकै हो ।

नेतृत्व त अध्यक्षको, महासचिवको, उपाध्यक्षको थियो नि । मैले त्यसलाई सहजीकरण गरेको हो । विरोध गरिनँ । समीक्षा बास्कोटाजी, रञ्जु दर्शनाजी र प्रकाशचन्द्र परियारजीले एकता गर्ने भन्नुभयो, ठिक छ गर्नुहोस् भनिदिएँ। तर म चाहिँ जान्न भनेँ । उहाँहरू जानुभयो, म बसेँ ।

किन पार्टी बैठकमै नजानु भएको ?

मुख्य कुरा त मेरो स्वास्थ्यको कारण हो हो । बितेको एक वर्ष त बेड रेस्ट गरेँ । पार्टीले केही काम गरेको थिएन, निष्क्रिय थियो । बैठक भए अनौपचारिक भयो होला तर पार्टी नै निष्क्रिय थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ०५ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका