काठमाडाैंको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा « Khabarhub

काठमाडाैंको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण भएको उक्त पेट्रोल पम्पको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

पचास हजार लिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउनेछन् । सेनाले कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसन सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नाका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्यसहित ती फ्युल स्टेसन सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय जनप्रतिनिधि, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिको उपस्थिति थियो । यसैबीच, प्रधानसेनापति शर्माले आज काठमाडौंको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवासगृहको समेत उद्घाटन गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ११ : ०२ बजे

कांग्रेस जिल्ला सभापतिहरू भन्छन्- विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनमा केन्द्रित होऔं  

काठमाडौं– नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको वैधानिक औचित्य

विशेष महाधिवेशनले नयाँ नेतृत्व र नीतिको छिनोफानो गर्छ : उदयपुर कांग्रेस सभापति कार्की

काठमाडौं- नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको मागअनुसार आगामी २७ र

बत्ती जान थालेपछि हितेन्द्रदेव आफैँ फिल्डमा

काठमाडौं- पछिल्लो समय पाटन, स्युचाटार, बालजुलगायतका क्षेत्रमा बेलुकातिर बत्ती जानेआउने

उनेपाको अध्यक्ष भए कुलमान

काठमाडौं- पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष

अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छ : पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले