आज २०८१ साल भदौ ३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ ३ गते सोमबारको राशिफल


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ ३ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट १९ तारिख। साउन शुल्क पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, ऋषितर्पणी । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मनमा उत्साह बढ्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक नियुक्तिको अवसर मिल्नेछ। लुगाकपडाको व्यापारमा फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा फाइदा मात्र नभएर मान र सम्मान मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : लगानीका क्षेत्र राम्रा छन्। बौद्धिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफन्तबाट असहयोग हुनेछ। ठुला उद्योगमा आज लगानी नगर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ। संकटमा परिवारको साथ मिल्ने योग छ।

कर्कट : सम्पत्तिको पछाडि लाग्दा तपाईंमाथि शंका बढ्नेछ। परिवारले शंकाको दृष्टिले हेर्ने भएकाले सचेत भएर व्यवहार गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन शान्त बन्नेछ। आफन्तसँग भेट हुनेछ।

सिंह : अफ्नो अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्र सबल भएकाले स्वास्थ्यमा फाइदा होला। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको सहमतिमा गरेको कामबाट नाफा हुने योग छ।

कन्या : दैनिकी सहज छ। आफन्तबाट अन्तरघात हुने भएकाले आफ्नो निर्णय आफैं गर्नु राम्रो हुन्छ। गणेशको भजनबाट दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। लामो समयदेखि देखिएको स्वास्थ्यको समस्यामा सुधार आउनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : आफ्नो उचाइको मूल्यांकन गर्न नजान्दा तनाव बढ्नेछ। आफन्तबाट टाढा पुग्ने योग छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो होला। बौद्धिक क्षेत्रको झुकावले राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धेरै योजना बनाउनु भन्दा बौद्धिक क्षेत्रमा लाग्दा फाइदा होला। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : धनलक्ष्मी योग रहेकाले थोरै लगानीबाट आज तपाईंलाई धेरै नाफा हुने देखिन्छ। सामाजिक र राजनीतिक क्षेत्रबाट फाइदा बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साहित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अरुले बनाएको योजनाले तपाईंलाई फाइदा दिनेछ। व्यापारको क्षेत्रमा दोहोरो नाफा हुनेछ। विरोधको आवाज सुने पनि मेहनतले गरेको कामबाट फाइदा हुने योग छ। परिवारले रचनात्मक सहयोग गर्नेछ। राजनीतिमा विरोधको सामना गर्नुपर्नेछ।

कुम्भ : विपक्षी सम्झिएको साथीको सहयोगमा तपाईंको आजको काम बन्नेछ। तपाईंको राशिमा शनिदेव रहेकाले दिन असहज बन्नसक्ने हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा धेरै सकंकटबाट मुक्त बन्न सकिने छ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : गुम्न लागेको धन प्राप्त हुनेछ। आफ्नो कला र गला प्रदर्शन गर्ने दिन छ। व्यवहारिक पक्षलाई वास्ता नगर्दा परिवारमा संकट हुनसक्छ। धार्मिक र सांस्कृति आस्था र मान्यता ओझेलमा पर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ५ : ०० बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान