इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात


३ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक–एक गोल गरेका थिए ।

हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले ८४औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक जोडेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ८ : ४९ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले