किन लगाइन्छ जनै र रक्षा बन्धन ?   « Khabarhub

किन लगाइन्छ जनै र रक्षा बन्धन ?  


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज जनैपूर्णिमाका दिन व्रतबन्ध गरेका द्विजातिहरूले जनै फेर्ने गर्छन् । विशेष गरी ब्राह्मण, क्षेत्री, वैश्य यी तीन जातिसँग धार्मिक रूपमा जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पूर्णिमा जोडिएको पाइन्छ ।

यद्यपि पछिल्लो समय अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् । वर्षमा एकचोटी आउने यो पर्व श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । घरमा जन्म वा मरणको सूतकपछि जनै बदल्ने परम्परा छ ।

सनातन हिन्दू धर्मका १६ संस्कारमा उपनयन संस्कार अन्तर्गत जनै लगाउने गरिन्छ । जनैपूर्णिमा विशेष गरी यज्ञोपवित भन्ने संस्कारसँग सम्बन्धित छ ।

यज्ञोपवित ‘यज्ञ’ र ‘उपवित’ दुईवटा शब्दहरु जोडेर बनेको हुन्छ । यज्ञ दैविक संस्कृतिको एउटा अभिन्न अङ्ग हो ।

जुन यज्ञ संस्कारलाई जीवनको अभिन्न अङ्ग मान्ने र यज्ञद्वारा समाजको आध्यात्मिक र भौतिक विकास हुन्छ भन्ने मान्यता छ ।

किन लगाइन्छ जनै ? 
धार्मिक महत्त्व अनुसार द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ अर्को जन्म हो । जनै जहिले पनि देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।

जनै तीन वटा पवित्र सूत्रबाट बन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई प्रतीक बनाएका छन् । देवऋण, पितृऋण र ऋषिऋण अनि सत्त्व, रज र तमको प्रतीक पनि जनैलाई मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरणको र तीन आश्रमका प्रतीक पनि हुन् ।

जनैको लम्बाइ ९६ औँला हुन्छ किनकि जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ ।

बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अङ्ग, ६ दर्शन, तीन सूत्र ग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा वास्तु निर्माण, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण लगायत पर्छन् ।

जनै लगाउने नियम यस्ता छन्

मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन ।

जनैको एक सूत्र चुँडियो भने त्यो धारण गर्नु हुँदैन । जनै मैलिनु भन्दा अगाडी नै बदल्नु पर्छ वा लगाएको ६ महिनाभन्दा बढी समय भयो भने अर्को बदल्नुपर्छ ।

जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम हिन्दु संस्कारमा छ ।

जनै लगाउने मन्त्र–

यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।

पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

रक्षाबन्धनको महत्त्व
आजको दिनमा रक्षा बन्धन धागोमा धेरै मन्त्रहरू पढेर धारण गरिन्छ । जसले मानिसको जीवनमा रक्षा गर्छ, शक्तिशाली बनाउँछ, बाहुबल ऊर्जा बढ्छ भन्ने मान्यता छ । त्यस कारण आज घरघरमा पुरेतहरू गएर आफ्ना यजमानको हातमा रक्षाबन्धनको धागो बाँधिदिन्छन् र दिदी बहिनीले आफ्ना दाजुभाइका हातमा लामो आयु माग्दै राखी बाँधिदिने चलन छ । एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १२ : २० बजे

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त