सहकारीमार्फत कोदो संरक्षण गर्दै भरतपुर महानगर « Khabarhub

सहकारीमार्फत कोदो संरक्षण गर्दै भरतपुर महानगर


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरुमार्फत अभियान सञ्चालन गरेको हो ।

सहकारी संस्थामार्फत आइतबार भरतपुर–८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ । सुरुआतमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रुपमा कोदो रोपिएको हो ।

‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरूले घडेरी किन्दै छाड्ने र बाँझो राख्ने क्रम उच्च छ’, सापकोटाले भने, ‘खाली जमिनलाई उत्पादनसँग जोड्नका लागि यो अभियान चलाएका हौँ ।’ 

सापकोटाका अनुसार वडा नं ८ र ९ मा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ । यस वर्ष मात्रै सहकारी संस्थामार्फत बीउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ ।

सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक किलो रैथाने कोदोको बीउ ल्याएर रोपेको थियो । त्यसबाट ४१ किलो बीउ उत्पादन भएको थियो । त्यस बीउमध्ये संस्थाका सदस्यलाई यस वर्ष २२ किलो बीउ वितरण गरिएको सापकोटाले बताए । 

वडा नं ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागिपरेको बताए । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने उनले बताए। 

लामो समयपछि कोदो रोप्न पाउँदा स्थानीयसमेत हर्षित भएका छन । भरतपुर–८ का चन्द्रमणि कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको विषय भएको बताए। विगतमा पहाडमा रहँदा २२ मुरीसम्म कोदो उत्पादन गरेका उनले चितवन झरेपछि कोदो रोप्न छोडेका थिए यो । यस वर्ष भने उनले दुई कट्ठा जमिनमा कोदो रोपेको बताए । 

चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनतमा कोलोखेती गर्न सकिने भएकाले किसानका लागिसमेत यो लाभदायिक हुने कृषि विकास कार्यालयका कृषि अधिकृत उमनाथ अर्यालले बताए । चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव दुई मेट्रिक टन छ । गत वर्ष जिल्लामा एक हजार चार सय ६५ हेक्टरमा कोदोखेती गरिएको कृषि अधिकृत अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ५५ बजे

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने

कान्छाराम भन्छन् : चुनदेवीको कार्यालय खोजेँ, देउवा दाइको साइन बोर्ड पनि आफैंले राखेँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंको चुनदेवीमा पार्टी कार्यालय

प्रधानमन्त्री बालेनलाई भेटेर वर्षमानले मागे रोल्पाका पहिरो पीडितलाई सहयोग

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमानपुन र प्रधानमन्त्री वालेन्द्र शाहबीच