महिला भलिबल खेलाडीलाई सरकारले जनही तीन लाख दिने « Khabarhub

महिला भलिबल खेलाडीलाई सरकारले जनही तीन लाख दिने

प्रधानमन्त्रीले भने - ढुक्कले खेल्नुस्, नयाँ कभर्डहल बनाउँछौँ


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनका दिन सोमबार बिहान दुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग अन्तरक्रिया गरेका छन् ।

प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवम् खेलाडीबीच यस खेलले हालसम्मका उपलब्धि, पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजयको सुनिश्चितबारे छलफल केन्द्रित थियो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित बनाएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरूले बताएका थिए ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेशन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको बताए ।

खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए । प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराएका छन् ।

उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे । ‘तपाईँहरूलाई थाहा छ, सरकारको ढुकुटीमा धेरै रकम छैन । तर हामी गर्नैपर्ने कामहरु गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्’, उनले भने, ‘हामीले खेल्ने जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गराए । विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  २ : २३ बजे

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा