कर्णालीमा आइतबारदेखि विद्युत् अवरुद्ध, जनजीवन प्रभावित « Khabarhub

कर्णालीमा आइतबारदेखि विद्युत् अवरुद्ध, जनजीवन प्रभावित


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काँक्रेबिहार – आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन । कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो ।

विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब छवटा खम्बाको तारमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । 

जङ्गलबीचमा रुख ढलेकाले प्राधिकरणका कर्मचारी आइतबार बिहानदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडे पनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र अहिले मर्मत गर्ने काम भइरहेको छ । विद्युत् अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ । त्यसका कारण फोन सम्पर्क गर्नसमेत कठिनाइ हुन्छ । कर्णालीमा आइतबार बिहानदेखि ठूलो वर्षासमेत भइरहेको छ । मर्मत कार्य जारी रहे पनि हालसम्म विद्युत् सेवा सञ्चालन भएको छैन ।

विद्युत नहुँदा कर्णालीका जाजरकोट, सुर्खेत, रुकुम पश्चिमका केही भाग, सल्यानका केही भाग, कालीकोट, जुम्ला, मुगु र दैलेखमा विद्युत् सेवा ठप्प भएको छ । कर्णालीबाट प्रकाशित हुने पत्रपत्रिकादेखि रेडियोको प्रकाशन तथा प्रसारणमा समेत अवरोध आएको भेरी मालिका दैनिक जाजरकोटका कार्यकारी सम्पादक रेशमबहादुर खड्काले बताए । 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ३ : ०६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी