सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट « Khabarhub

सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ । पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज वैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए । 

शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए। जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोपित छ । 

घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले आज इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

यहाँ स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै कर्मचारीले सुरक्षाको माग गरिरहेका छन् । यसअघि गत साउन १५ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र एक कर्मचारीमाथि कुटपिट भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ८ : ०३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।