गोसाइँकुण्ड गएका तीर्थयात्री फर्कन थाले « Khabarhub

गोसाइँकुण्ड गएका तीर्थयात्री फर्कन थाले


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

रसुवा – जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन धार्मीककार्य सम्पन्न गरी धमाधम आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आज जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएका छन् ।

नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको प्रजिअ खनालले बताए ।

व्यक्तिगत सवारीसाधन प्रयोग गर्ने तीर्थयात्री रसुवाबाट बाहिरीसकेका छन् भने सार्वजनिक यातायात प्रयोग गर्ने तीर्थयात्रु भने बस तथा माइक्रो पर्खाइमा रहेका छन् ।

मेलामा आउने यात्रुलाई सहज तुल्याउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका छन् ।

तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुञ्चे, हिमालय उद्धार सङ्घ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्‍याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

सामान्यबाहेक तीर्थयात्रुलाई कुनै समस्या नपरेको चिकित्सकले जनाएका छन् । पानी नपरेका कारण पैदल मार्गमा हिड्न सहज भएको यात्रुले प्रतिकृया दिएका छन् । गोसाइँकुण्ड क्षेत्रमा अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा १० गुणाबढी असुलेका कारण आफूहरू ठगिएको पनि यात्रुले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ९ : ३५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।