तलेजुबाट गाई निकालेर जात्रा सुरु, घिन्ताङ घिसी नाच प्रदर्शन « Khabarhub

तलेजुबाट गाई निकालेर जात्रा सुरु, घिन्ताङ घिसी नाच प्रदर्शन


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा आठ रात, नौ दिनसम्म भव्य रूपमा मनाइने गाईजात्रा पर्वको अवसरमा आज जात्राको पूर्वसन्ध्यामा तलेजुबाट गाई निकालेर प्रदर्शन गर्दै यसवर्षको गाईजात्रा पर्व सुरु भएको छ ।

जनै पूर्णिमाका दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले पठाएको सरकारी घिन्ताङ घिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि जात्रा सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले जानकारी दिए ।

आजै तलेजुको पूजा गरी तलेजुस्थित बहत्वाबाट गाई निकालेर घिन्ताङ घिसी नाचसँगै प्रदर्शन गरी विधिवत रुपमा जात्राको सुरु भएको तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

बहत्वाबाट निस्किएको घेन्ताङ घिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वङ्शगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन भएको छ ।

आज साँझदेखि गाईजात्रा सुरु भएको र भोलि गाईजात्रा पर्वको दिन दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको उनले बताए ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।

जात्राभरी जात्रामा घिन्ताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्लेकार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाउने गरिन्छ ।

श्रीकृष्ण जन्माष्टमीको दिन भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा रहेको छ ।

यस दिन नारायणको पूजागरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनःसूर्यमढी पुग्ने प्रचलन रहेको छ ।

टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न हुने परम्परा छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १० : ३८ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये