संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे « Khabarhub

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिविम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।

उनले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र सङ्घीय संसद्ले संविधानको एक तिहाइभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गरेका छन् ।

सन्देशमा संविधान कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहबाट समेत कानुन बनाइएको उल्लेख गर्दै सम्पूर्ण राजनीतिक शक्तिलाई साझा विन्दुमा उभिएर बाँकी कानुन निर्माणमा समझदारी पहिल्याउन अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘संविधान जारी भएको १० वर्ष प्रवेश गरेसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित अभ्यासहरू भइसकेका छन् । नयाँ संविधान बमोजिम तीनवटै तहका निर्वाचन सम्पन्न भएका छन् । लोकतान्त्रिक मूल्य र सङ्घीयतामा आधारित शासन प्रणालीलाई स्थापित गरेको नेपालको संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्था समेत पार भएको छ ।’

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : २० बजे

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय

रवि र कुलमानको एकता सहमति दुई सातामै भाँडियो, उज्यालो नेपाल ब्युँत्याउने तयारी

काठमाडौं- गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो

कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।  उनी काठमाडौँको