जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक  « Khabarhub

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक 


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ ।

 गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णताः पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो । ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ । 

बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभागहरू गठन, केन्द्रीय सचिवालय गठन, केन्द्रय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्नेछ । 

त्यस्तैगरी, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समीक्षा र यसको प्रभावकारिता, पेशागत एवं भातृ संगठनहरुको परिचालन, अनुगमन, निरीक्षण र समन्वय लगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।

जसपा नेपालको कार्यकारिणी समिति र केन्द्रीय समितिले पूर्णतः पाइसकेको छ । गत जेष्ठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेबारी दिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ४ : ०१ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका