बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक | Khabarhub Khabarhub

बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय स्पिन बल आर आश्विनले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा शतक प्रहार गरेका छन् ।

भारत टूरमा आएको बंगलादेशसँग आजदेखि शुरु भएको पहिलो टेस्टको पहिलो दिन भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । पहिलो दिनको खेल सकिँदा आश्विनले १०२ रन बनाएर खेलिरहेका छन् । आश्विनको टेस्ट क्रिकेटमा यो छैटौँ शतक हो ।

केवल ३४ रन बनाएर ३ विकेट गुमाएको भारतले १४४ रन बनाउदा ६ विकेट गुमाएको थियो । त्यसपछि आश्विन र रविन्द्र जडेजाले सातौँ विकेटका लागि १९५ रनको साझेदारी गरेर खेलिरहेका छन् ।

जडेजाले अविजित ८६ रन बनाएर अविजित छन् । भारतका लागि यशस्वी जैसवालले ५६ रन बनाएका थिए भने ऋषव पन्तले ३९ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर हसन महमुदले ४ विकेट लिए भने नहिद राना र मेहिदी हसन मिराजले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : १५ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो