‘समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ’  « Khabarhub

‘समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ’ 


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाटन – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।

नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनद्वारा आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन ः आवश्यकता र चुनौती’ विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रुप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रुपान्तरणको विषय महत्वपूर्ण भएको बताए।

‘आवश्यकताअनुसार संविधान संशोधनको विषय दशकौँसम्म चलिरहन्छ, बदलिएको नागरिकको आवश्यकताअनुसार त्यस बेला रूपान्तरण गर्दै लैजानुपर्छ, सङ्घीयता, समानुपातिक समावेशीको जगमा अडिएर संविधान संशोधन गर्दै गर्दा यसलाई अझ बलियो बनाउने काम हुन्छ, कांग्रेस जिम्मेवार दलका रुपमा प्रतिबद्ध छ’, महामन्त्री शर्माले भने ।

हरेक दलका विमतीबीच संविधान संशोधन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले संशोधनका विषयमा सबै दलबीच भएको सहमतिका बुँदा पहिचान गर्न सक्नुपर्ने बताए । संशोधनले दीर्घजीवन प्राप्त गर्ने भन्दै महामन्त्री शर्माले कांग्रेस बदलिँदो परिस्थितिअनुसार संविधान संशोधन गर्न संयम भएर लाग्ने बताए । 

‘संविधान संशोधनमा एमाले र माओवादी केन्द्रलाई सँगसँगै लिएर जानुपर्छ, माओवादी केन्द्रसहितको सहकार्य जरुरी छ, उसले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्छ, माओवादी केन्द्रले आवेगमुक्त भएर संशोधनमा सहयोग गर्नुपर्छ’, उनले भने ।

महामन्त्री शर्माले अहिले प्रदेशका मुख्यमन्त्रीले आसन पायौँ, शासन पाएनौँ भन्ने गरेका उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न झण्डै तीन दर्जन कानुन बनाउन बाँकी रहेको अवस्थामा संविधान संशोधनको मुद्दा अगाडि बढिरहेको बताए। संविधानका कमजोरीलाई केलाएर सुधार नगर्ने हो भने संशोधनको कुनै औचित्य नहुने उनको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला, संविधानविद्द्वय राधेश्याम अधिकारी र विपिन अधिकारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
.

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : ४८ बजे

तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा गएको सुक्खा पहिरोको अध्ययन गर्न

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता

मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले मानव बेचबिखन तथा शरीर बन्धक

मुख्यसचिव अर्याल भन्छन्ः संविधानको मर्मअनुरुप तीन तहका सरकारबीच समन्वय हुनुपर्छ

काठमाडौं – नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संविधानको मर्म र

सरकारले निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउनुपर्छः अध्यक्ष यादव

रोतहट – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले