भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय पक्राउ « Khabarhub

भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय पक्राउ


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बागमती– आलुको बोरा मुनि लुकाइछिपाइ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित दुई जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडौँ जाँदै गरेको बीआर ०५ जिडी १३४३ नम्बरको भारतीय ट्रकमा लोड गरिएको रु एक करोड ३५ लाख मूल्य बराबरको अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउपर्नेमा ट्रक चालक भारत विहार राज्य मोतिहारी जिल्ला तुकालिया पूर्वी चम्पारण सपही निवासी ३० वर्षीय जन्दार आलम र सहचालक सोही ठाउँका १९ वर्षीय मुना मियाँ रहेको प्रहरीले जनाएको छ । 

जाँचका क्रममा ट्रकमा तीन सय ४५ बोरा आलुको भन्सार बिल काटेर दुई ६४ बोरा मात्र आलु राखी त्यसको भित्री भागमा ७४ वटा बोरामा करिब एक करोड ३५ लाख मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा लोड गरेको अवैध रुपमा लैजाँदै गरेको अवस्थामा उक्त ट्रकसहित चालक र सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

बरामद भएको समान, ट्रक तथा चालक र सहचालकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : ४१ बजे

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

 काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा