रुस-युक्रेन युद्धमा उत्तर कोरियाको उपस्थिति « Khabarhub

रुस-युक्रेन युद्धमा उत्तर कोरियाको उपस्थिति

गम्भीर रुपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई दक्षिण कोरियाको अपिल


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया – उत्तर कोरियाले युक्रेनसँग लड्नका लागि सेना पठाएको दक्षिण कोरियाको जासुसी संस्थाले जानकारी दिएको छ।

यसले दक्षिण कोरियाको सुरक्षामा समेत समस्या रहेको जनाइएको छ। युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १० हजार जना युद्धमा जोडिन सक्ने भएको बताएका छन्। दक्षिण कोरियाली राष्ट्रपति योन सुक योलले शुक्रबार सुरक्षा अधिकारीसँग बैठक राखेका थिए। उनले यस घटनालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरे।

जासुसी निकायले दक्षिण कोरियालाई दिएको जानकारी अनुसार अहिले १५ सय जना रुसमा छन्। १२ हजारसम्म सेना उत्तर कोरियाले रुसमा पठाउन सक्नेछ। पछिल्लो समय यी दुई देशको सम्पर्क बढेको छ।

युक्रेनका गुप्तचर प्रमुख क्रायलो बुडानोभले दिएको जानकारी अनुसार पूर्वी रुसमा एक हजार उत्तर कोरियाली युवा युक्रेनसँग लड्नका लागि सैन्य प्रशिक्षण गरिरहेका छन्। उनले बताए अनुसार उनीहरूलाई १ नोभेम्बरदेखि युक्रेनसँग लड्नका लागि तयार पारिँदै छ। रुसको पश्चिमी कर्सक क्षेत्रमा उनीहरूलाई पठाइँदै छ।

दक्षिण कोरियाको गुप्तचर निकायले दिएको जानकारी अनुसार उत्तर कोरियालीहरूले अहिले भ्लाडिभोस्टोक, युरिसिस्क, खाबारोस्क, भ्लागाभेन्सक छन्। अगस्ट महिनामा नै उत्तर कोरियाले मिसाइल र रकेट लगायत सैन्य सामग्री पठाएको थियो। केही सैन्य विशेषज्ञ अनुसार भाषिक समस्याका कारण रुसीहरूका लागि फ्रन्टलाइनमा उत्तर कोरियाली सेना प्रयोग गर्नका लागि कठिन छ। रुस र युक्रेनको सीमाका भागमा उत्तर कोरियालीलाई गार्डको रूपमा प्रयोग गर्न सक्नेछ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ०० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल