रुस-युक्रेन युद्धमा उत्तर कोरियाको उपस्थिति « Khabarhub

रुस-युक्रेन युद्धमा उत्तर कोरियाको उपस्थिति

गम्भीर रुपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई दक्षिण कोरियाको अपिल


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया – उत्तर कोरियाले युक्रेनसँग लड्नका लागि सेना पठाएको दक्षिण कोरियाको जासुसी संस्थाले जानकारी दिएको छ।

यसले दक्षिण कोरियाको सुरक्षामा समेत समस्या रहेको जनाइएको छ। युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १० हजार जना युद्धमा जोडिन सक्ने भएको बताएका छन्। दक्षिण कोरियाली राष्ट्रपति योन सुक योलले शुक्रबार सुरक्षा अधिकारीसँग बैठक राखेका थिए। उनले यस घटनालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरे।

जासुसी निकायले दक्षिण कोरियालाई दिएको जानकारी अनुसार अहिले १५ सय जना रुसमा छन्। १२ हजारसम्म सेना उत्तर कोरियाले रुसमा पठाउन सक्नेछ। पछिल्लो समय यी दुई देशको सम्पर्क बढेको छ।

युक्रेनका गुप्तचर प्रमुख क्रायलो बुडानोभले दिएको जानकारी अनुसार पूर्वी रुसमा एक हजार उत्तर कोरियाली युवा युक्रेनसँग लड्नका लागि सैन्य प्रशिक्षण गरिरहेका छन्। उनले बताए अनुसार उनीहरूलाई १ नोभेम्बरदेखि युक्रेनसँग लड्नका लागि तयार पारिँदै छ। रुसको पश्चिमी कर्सक क्षेत्रमा उनीहरूलाई पठाइँदै छ।

दक्षिण कोरियाको गुप्तचर निकायले दिएको जानकारी अनुसार उत्तर कोरियालीहरूले अहिले भ्लाडिभोस्टोक, युरिसिस्क, खाबारोस्क, भ्लागाभेन्सक छन्। अगस्ट महिनामा नै उत्तर कोरियाले मिसाइल र रकेट लगायत सैन्य सामग्री पठाएको थियो। केही सैन्य विशेषज्ञ अनुसार भाषिक समस्याका कारण रुसीहरूका लागि फ्रन्टलाइनमा उत्तर कोरियाली सेना प्रयोग गर्नका लागि कठिन छ। रुस र युक्रेनको सीमाका भागमा उत्तर कोरियालीलाई गार्डको रूपमा प्रयोग गर्न सक्नेछ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ०० बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको