रुसको आक्रोश- अमेरिकाले युक्रेनलाई उक्सायो, कडा कदम चाल्छौँ « Khabarhub

रुसको आक्रोश- अमेरिकाले युक्रेनलाई उक्सायो, कडा कदम चाल्छौँ


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धरत युक्रेनलाई उक्साएको आरोप लगाएको छ ।

अमेरिकाले रुसभित्र आक्रमण गर्न युक्रेनलाई लामो दूरीको सुपरसोनिक मिसाइल उपलब्ध गराउने तयारी गरिरहेको खबर आइरहेका बेला क्रेमलिनले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।

युक्रेनले रुसभित्र लामो दूरीको मिसाइल आक्रमण गरेमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

राष्ट्रपति बाइडेनले युक्रेनलाई रुसभित्र आक्रमण गर्न लामो दूरीको सुपरसोनिक मिसाइल अर्थात् ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न अनुमति दिइसकेका छन् ।

समाचार अनुसार युक्रेनले यसअघि पनि एटीएसीएमएसको प्रयोग गर्दै आएको थियो। तर यो मिसाइलको प्रयोग सीमा क्षेत्रभित्र आत्मरक्षका लागि सीमित थियो ।
तर अब अमेरिकाले रुसभित्र पनि आक्रमणका लागि ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न स्वीकृति दिएको छ । यसले रुस–युक्रेन युद्धमा व्यापक प्रभाव पार्न सक्ने विज्ञहरू बताउँछन् ।

एटीएसीएमएस सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ ।

लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर सावित हुन सक्छ । वास्तवमा यो मिसाइलबाट युक्रेनले रुसको सैन्य अड्डालाई निशाना बनाउन सक्ने छ।

अमेरिकाको यो निर्णयप्रति रुसले कडा असन्तुष्टि जनाएको छ । रुसी सरकारले जाने बेलामा अमेरिकाको बाइडेन सरकारले युद्ध भड्काउन खोज्नु स्वभाविक भएको बताएको छ ।

रुसी सरकारले भनेको छ, ‘राष्ट्रपति पुटिनले सेप्टेम्बरमै रुसविरुद्ध मिसाइलको प्रयोगले रुस र नाटोबीच युद्ध हुने स्पष्ट पारेका थिए । युक्रेनले लामो दूरीको मिसाइल प्रयोग गर्नुको अर्थ अमेरिका यस युद्धमा प्रत्यक्ष संलग्न भएको हो । यसपछि हामी आवश्यक र कडा कदम चाल्नेछौँ ।’

रुसले युक्रेनी मोर्चामा उत्तर कोरियाली सेना तैनाथ गरेको खबर आएका बेला अमेरिकाले युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोग गर्न स्वीकृति दिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ३० बजे

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली